छापा खबर


अब घरबाटै वैदेशिक रोजगारीका लागि आवेदन दिन सकिने

अब घरबाटै वैदेशिक रोजगारीका लागि आवेदन दिन सकिने

नेपालखबर
पुस ७, २०७६ सोमबार ०:४७,

सरकारले वैदेशिक रोजगारीमा जाने युवाले घरमै बसेर अनलाइनबाट छनोट प्रक्रियाका लागि आवेदन दिन सक्ने प्रणाली सुरु गरेको छ।

यो प्रणालीको परीक्षणसँगै युवाले म्यानपावरमा आएका माग वैदेशिक रोजगार विभागको वेबसाइटमा हेरेर आफूले छनोट गरेको क्षेत्रमा घरबाटै आवेदन दिन सक्नेछन्। 

एक म्यानपावरले कामदार छनोट गर्ने र अर्काे पूर्वस्वीकृति लिई कामदार छनोट गरी चलखेल गर्ने विकृति अन्त्य गर्न सरकारले यो सेलेक्सन मोडुलर र मागपत्र प्रमाणीकरणलाई अनलाइन प्रमाणीकरणसँग जोडेको हो। यो खबर आजको कारोबार दैनिकबाट लिएका हौं।

सेलेक्सन मोडुलर म्यानपावरले कामदार छनोट गर्ने अनलाइन प्रणाली हो भने मागपत्र प्रमाणीकरण भने नेपाली नियोगले प्रमाणित गरेको नेपाली कामदारको माग विवरण हो। अब यी दुईवटा प्रक्रियालाई अनलाइन प्रणालीमा स्तरोन्नति गरिएको छ।

सरकारले जनवरीबाट विभिन्न देशका नेपाली नियोगले प्रमाणीकरण गरेका सबै मागपत्र सजिलै हेर्न सकिने गरी अनलाइन प्रणालीमा राख्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad