छापा खबर


कुखुराको खोरमुनि १० हजार गोलीगठ्ठासहित अत्याधुनिक हतियार

कुखुराको खोरमुनि १० हजार गोलीगठ्ठासहित अत्याधुनिक हतियार

नेपालखबर
पुस ७, २०७६ सोमबार ०:३१,

तत्कालीन माओवादीले सेना समायोजनका बेला ‘लुकाएको’ झन्डै १० हजार गोलीगठ्ठासहित अत्याधुनिक हतियार फेला परेको छ।

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको टोलीले आइतबार माओवादी कार्यकर्ताको कुखुराको खोरबाट एक थान सर्ट मेसिन गन (एसएमजी)सहित गोली बरामद गरेको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट पूर्वमाओवादी कार्यकर्ता खेमराज प्रधानको कुखुराको खोरमुनि लुकाइएका एसएमजी र ९ हजार ९ सय ८२ थान गोली भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। प्रधान पूर्वमाओवादी कार्यकर्ता हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा रत्नप्रसाद आचार्यले लेखेका छन्।

हतियार गाडेर राखेको सुराक पाएपछि जिल्लाका सुरक्षा निकायका प्रमुखसहित सेनाको विशेष टोली हतियार बरामद गर्न भरौल पुगेको थियो।

goli 5 20191222115225

६.६२ एमएमको २ हजार ५ सय ९६ राउन्ड, ९ एमएमको २ हजार ६ सय ३२ राउन्ड, ५.७६ एमएमको ४ हजार ५ सय ६५ र अन्य साना हतियारमा लाग्ने १ सय ८९ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

तत्कालीन माओवादीका सेना समायोजनका बेलामा माओवादीले उक्त हतियार र गोली जमिनमुनि गाडेर राखेको जनाइएको छ। तत्कालीन एमालेसँग पार्टी एकीकरण गरि तत्कालीन माओवादी यतिबेला नेकपा भएको छ। १० वर्ष माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेना समायोजनपूर्व पार्टीसँग भएका हतियार खोलामा बगाएको अभिव्यक्ति दिएका थिए।

बरामद हतियार र गोली सेनाले लगेको छ। हतियार बरामदबारे थप अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए। हतियार जमिनमुनि गाडेपछि माओवादी कार्यकर्ता प्रधानले ०६७ सालमा कुखुरा पाल्दै आएका थिए। हतियार गाडेको ठाउँमा प्रधानले पक्की ढलान गरि कुखुराको खोर निर्माण गरेका थिए। उक्त पोल्टी फर्म बन्द छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad