छापा खबर


ललिता निवास जग्गा हिनामिना प्रकरण : अख्तियारद्वारा ‘माधव नेपालसँग पनि सोधपुछ’

ललिता निवास जग्गा हिनामिना प्रकरण : अख्तियारद्वारा ‘माधव नेपालसँग पनि सोधपुछ’

नेपालखबर
पुस ६, २०७६ आइतबार २:२२,

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि ललिता निवासको जग्गा प्रकरणबारे ‘सोधपुछ’ गरेको दुईभन्दा बढी स्रोतले दाबी गरेका छन्।

अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्य रूपमा जानकारी लिएको हो। कान्तिपुरको जिज्ञासामा नेपालले भने त्यसलाई अस्वीकार गरेका छन् भनेर आजको कान्तिपुरमा खबर छापिएको छ।

‘पूर्वसचिवहरू बस्न्यात र पन्तले तत्कालीन प्रधानमन्त्री नेपाल र मुख्यसचिव माधव घिमिरेको निर्देशनमा आफूले प्रस्ताव लगेको र निर्णय कार्यान्वयन गरेको भनी बयान दिनुभएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘केही कागजातमा ‘प्रधानमन्त्रीज्यूको निर्देशनमा’ भन्ने लेखेर प्रस्ताव नै लगेको देखिएकाले मन्त्रिपरिषद्को नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्रीसँग सोधपुछ गरिएको हो।’

सडक दुर्घटनामा दिवंगत भइसकेकाले पूर्वमुख्यसचिव घिमिरे जोडिएको विषय यत्तिकै टुंगिएको छ । हाल चीनमा राजदूत रहेका पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग पनि सीआईबीले सोधपुछ गरेको छ।

अख्तियारका एक उपसचिवले पूर्वप्रधानमन्त्री नेपालसँग कुराकानी भएको पुष्टि गरे । ‘हामी जहाँ पुग्नुपर्ने हो, त्यहाँ गएर प्रक्रिया पूरा गरिसकेका छौं,’ उनले सांकेतिक रूपमा भने । अर्का कर्मचारीको भनाइमा नेपालको लिखित प्रतिक्रिया मात्रै लिएको हो।

अख्तियार प्रवक्ता प्रदीप कोइरालाले यसबारे औपचारिक धारणा राख्न चाहेनन्।

‘मुद्दाको फाइल लिएर विशेष अदालततिर नहिँड्दासम्म प्रवक्तालाई यस्ता कुरा थाहै हुँदैन क्या,’ उनले भने, ‘कोसँग बयान भयो, मलाई थाहा छैन, अनुसन्धान चलिरहेको विषयमा सोध्न पनि अप्ठेरो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad