चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत-काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल-चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको हो।
तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडकमार्गमार्पmत ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले अन्नपूर्णलाई जानकारी दियो।
टोलीले अध्यागमन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले याे खबर लेखेका छन्।
क्रसबोर्डर रेलमार्ग निर्माण जटिल भौगोलिक अवस्थाका कारण ढिलाइ र खर्चिलो हुने भएकाले पहिला सडक सञ्जाल र नाका व्यवस्थित गर्न सुझाव दिएको हो। टोलीले सडक मर्मत र व्यवस्थित बनाउन चिनियाँ सहयोगका लागि पहल गर्ने आश्वासन दिएको बेइजिङस्थित एक उच्च अधिकारीले बताए। टोलीले यही विषयमा नेपाल सरकारसँग कूटनीतिक च्यानलमार्फत छलफल अघि बढाउने भएको छ।
पर्यटनसम्बन्धी एक कार्यक्रममा सहभागी हुन तिब्बतबाट शुक्रबार काठमाडौं आएका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चीनले नेपालसँगको सहकार्यमा हिमालयन कनेक्टिभिटीअन्तर्गत सबैखाले सहकार्य खुला राखेको बताए। ‘तिब्बती अधिकारीसँग रेल, सडक, सुरुङमार्गबारे छलफल भएको छ’, उनले भने, ‘राष्ट्रपतिको भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा पनि चासो राखेका छौं। कतिपय विषयमा प्राविधिक पक्ष केलाउने काम भएको छ।’
तिब्बत सरकार प्रमुख छटाला मंसिर तेस्रो साता केरुङ, रसुवागढी, नुवाकोट हुँदै काठमाडौं आएर राजनीतिक भेटघाट गरेका थिए। उनको टोली मंसिर १९ गते पोखरा पुगेको थियो। टोलीले निर्माणाधीन पोखरा विमानस्थल अवलोकन गरेको थियो। छटाला तातोपानी–खासा हुँदै ल्हासा फर्केका थिए।
सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफल उनले सडक मार्ग सम्बन्धको लाइफलाइन रहेको बताएका थिए। सडक मार्ग राम्रो बनाउन सके दुईपक्षीय सहकार्य अझ बढ्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया