गैरसरकारी संस्था (एनजीओ) मा आर्थिक अनियमितता बढेपछि जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले धमाधम छानबिन थालेको छ।
प्रशासनले अद्वेत संस्था, नेपाल बाल संगठन र पशुपति अन्नपूर्ण आश्रम संस्थाको छानबिन गरिरहेको हो। नेपाल रेडक्रस सोसाइटी र नेपाल–भारत मैत्री संघको विवाद भने अदालतसम्मै पुगेको छ।
‘आर्थिक हिनामिना गरेको भन्दै उजुरी परेपछि हामीले छानबिन थालेका हौं,’ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने। यो खबर आजको कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन्।
प्रशासनले पछिल्लोपटक पशुपति अन्नपूर्ण आश्रमको छानबिन गरेको थियो।

प्रतिक्रिया