छापा खबर


कुन दल कति नाफा/घाटामा ? यस्तो छ दलहरुको हिसाबकिताब

 कुन दल कति नाफा/घाटामा ? यस्तो छ दलहरुको हिसाबकिताब

नेपालखबर
पुस १, २०७६ मंगलबार ०:३८,

देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरु नै आर्थिक हिसाबकितामा सबैभन्दा अपारदर्शी छन्।

उनीहरुले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाव बुझाउने गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।

स्थानीय तह, प्रदेश र संघ तीनवटै तहको निर्वाचन भएको ०७४/०७५ मा उनीहरुले देखाएको हिसाब अविश्वसनीय छ।

निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण रिपोर्टअनुसार कांग्रेसदेखि तत्कालिन एकीकृत माओवादीसम्म ऋणमा छन्।

तीनवटै तहको निर्वाचनमा दलहरुले तामझामका साथ प्रचार गरे, तर निर्वाचन आयोगमा बुझाएको ‘ब्यालेन्ससिट’ मा चुनावमा खर्चै नगरेको, गरेकाले पनि नगन्य खर्च देखाएका छन्।

आव ०७४/०७५ मा दलहरुको आय व्यवय विवरण यस्तो छ
तत्कालिन एमाले
तीन करोड ११ लाख नाफामा
आम्दानी : ८ करोड ८३ लाख ०९ हजार ८२६
खर्च : ५ करोड ७२ लाख २० हजार ५५३

तत्कालिन माओवादी
२१ लाख ५५ हजार घाटामा
आम्दानी : १ करोड ६३ लाख २० हजार ४०
खर्च : १ करोड ८४ लाख ७५ हजार ७६३

कांग्रेस
१ करोड ८५ लाख घाटामा
आम्दानी : ५ करोड ५ लाख २९ हजार ६५८
खर्च : ६ करोड ९० लाख २१ हजार ३६८

तत्कालीन संघीय फोरम
७६ लाख ९९ हजार नाफामा
आम्दानी : २ करोड ९६ लाख ८ हजार १६५
खर्च : २ करोड १९ लाख ८ हजार ९४३

राजपा
२४ लाख ५७ हजार नाफामा
आम्दानी : २ करोड १९ लाख ६० हजार ९८५
खर्च : १ करोड ९५ लाख ३ हजार ५०७

तत्कालीन नयाँ शक्ति
१ लाख ६१ हजार घाटामा
आम्दानी : २४ लाख ४८ हजार ५८०
खर्च : २६ लाख १० हजार ११८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad