छापा खबर


७२ किमीकाे द्रुत मार्गमा रहनेछन् ८७ वटा पुल, यसरी हुँदैछ निर्माणको काम

७२ किमीकाे द्रुत मार्गमा रहनेछन् ८७ वटा पुल, यसरी हुँदैछ निर्माणको काम

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १:१६,

सेनाले जिम्मा लिएको काठमाडौँ–तराई द्रुत मार्गको ५५ किमि सडकमध्ये ३० किमि सडक ग्राभेलका लागि योग्य भएको छ।

सकडकको कुल लम्बाई ७२.२ किमिमध्ये १७.२ किमिमा पुल टनेल पर्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।

नेपाली सेनाले ०७४ जेठ १४ बाट निर्माण सुरु गरेको सडकले पछिल्लो समय गति लिँदै गएको छ।

जता हेर्यो उतै पहाड। कतै भिर र कतै चट्टान। ती ठाउँमा डोजरले भीरलाई सम्म बनाइरहेका देख्न पाइन्छ।

ठूला पहाड काटेर फराकिलो सडक बनाइएको छ। असार मसान्तसम्म सडक निर्माणको काम सक्ने आयोजनाका कार्यान्वयन तथा अप्रेशन महाशाखा प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए।

‘अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ। असार मसान्तसम्म सबग्रेड लेबलको सडक बनाइने छ,’ पहाडीले भने।

निर्माणको काम अघि बढाउन १० ठाउँमा सेनाको क्याम्प राखिएको छ। सडक मार्गमा ७८ वटा पुल र तीनवटा सुरुङ मार्ग रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad