छापा खबर


सोझै वैदेशिक सहायता नलिन प्रदेश र स्थानीय तहलाई परिपत्र

सोझै वैदेशिक सहायता नलिन प्रदेश र स्थानीय तहलाई परिपत्र

नेपालखबर
मंसिर २८, २०७६ शनिबार २३:२६,

सरकारले वैदेशिक सहायता वा ऋण सोझै नलिन प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ।

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अधिकार संघको कार्यक्षेत्रमा पर्ने भन्दै नेपाल सरकारको स्वीकृति नलिई सोझै विकास साझेदारहरूसँग सहायता स्वीकार नगर्न एवं सहायताका लागि सम्झौता नगर्न प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ।

यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

केही प्रदेश र स्थानीय तहले विदेशी दातृ निकायसँग सहयोग माग गर्न थालेको तथा दातृ निकायले समेत सोझै प्रदेश र स्थानीय तहमा चासो राख्न थालेपछि सरकारले त्यस्तो परिपत्र गर्ने निर्णय लिएको जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिएका छन्।

अर्थ मन्त्रालयले परिपत्रमार्फत संविधानको धारा ५९ (६) मा वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुने स्मरण गराएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रीले वैदेशिक सहायता परिचालनलाई प्रभावकारी बनाउन र एकरूपता कायम गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय तहका लागि अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड तयार गरिएको बताए।

‘अर्थले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्मा पठाइएको छ । त्यहाँबाट स्वीकृत भएर आएपछि त्यसअनुसार वैदेशिक सहायतासम्बन्धी काम अगाडि बढ्नेछ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले सोझै विदेशी दातृ निकायसँग सहयोग लिन वा योजनाका लागि सम्झौता गर्न पाउँदैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad