पछिल्लो समय बैँक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ताहरुलाई खाता खोल्न आकर्षित गर्न निःशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रुपमा प्रस्तुत भएको छ।
बैँकहरुले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाको प्याकेज ल्याएका छन्।
तर, निक्षेपकर्ताले दाबी नपाएको गुनासो बढेपछि समितिले यस्तो निर्देशन नै जारी गरेको खबर आजको कारोबार दैनिकले छापेको छ।
बिमा समितिले बैँक तथा वित्तीय संस्थाहरुले आफ्ना निक्षेपकर्ताहरुको बिमा गर्दा सम्पूर्ण व्यक्तिगत विवरण बिमा कम्पनीलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ।
यस्तै, बिमकले विभिन्न संस्थासँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बिमा प्रिमियम शुल्क संस्था स्वयंले बेहोर्ने सूचना दिनुपर्ने भएको छ।

प्रतिक्रिया