ad ad

छापा खबर


पूर्ण रुपमा निको हुँदैनन् प्रतिरक्षा प्रणालीसम्बन्धी रोग

पूर्ण रुपमा निको हुँदैनन् प्रतिरक्षा प्रणालीसम्बन्धी रोग

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ४:२१,

शरीरको प्रतिरक्षा प्रणालीले रोगको संक्रमणविरुद्ध लड्छ । तर, विभिन्न कारणले यसमा आउने परिवर्तनका कारण प्रतिरक्षा प्रणाली नै शरीरविरुद्ध लड्न थाल्छ।

त्यसबाट विभिन्न रोग निम्तिन्छन्, जसलाई ‘अटो इम्युन डिजिज’ भनिन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पछिल्लो समय संसारमा सबैभन्दा बढी देखिनेमध्ये प्रतिरक्षा प्रणालीसम्बन्धी रोग पर्छन् । यस्ता रोगले शरीरमा एक प्रकारको ‘अटो एन्टिबडी’ नामक प्रोटिन उत्पादन गर्छन्, जसले शरीरका स्वस्थकोषमा आक्रमण गर्छ।

 केही ‘अटो इम्युन डिजिज’ले शरीरको कुनै एउटा मात्रै अंगलाई प्रभावित गर्छ । ‘टाइप १ डायबिटिज’ र आमाशयमा मात्रै हुने रोग त्यसमध्येका हुन् । त्यस्तै, ‘सिस्टमेटिक लुपस एरिथेमाटोसस’ नामक रोग शरीरभर फैलिन्छ ।

 विश्वभर ८० भन्दा बढी प्रकारका ‘अटो इम्युन डिजिज’ छन् । तीमध्ये लुपस, सोरायोसिस, ह्युमेटिक अर्थाइटिस, मल्टिपल स्केलेरोसिस, अटो इम्युन थाइराइड, टाइप–१ डाइबिटिज र सोग्रेन सिन्ड्रोम मुख्य हुन् ।

कारण
‘अटो इम्युन डिजिज’को यकिन कारण हालसम्म पत्ता लागेको छैन । केही रोग जातीय समूह र भौगोलिक भिन्नताका आधारमा पनि बढी देखिने गरेको अध्ययनबाट पत्ता लागेको छ । जस्तै– अफ्रो–अमेरिकन र दक्षिणी धुव्रतिर बस्ने मानिसमा लुपसको समस्या बढी हुने गरेको पाइन्छ ।

यस्ता रोग जिनबाट परिवारमा सर्दै जाने पनि हुन्छ । यस्तै, वातावरणीय प्रभाव पनि ‘अटो इम्युन डिजिज’को मुख्य कारक मानिन्छ । त्यसका कारण संक्रमण र रासायनिक पदार्थको प्रभाव देखिन्छ।

‘अटो इम्युन रोग’लाई उपचारबाट पूर्णतया निको पार्न सकिँदैन । औषधिको प्रयोगबाट स्वस्थ कोषविरुद्ध लडिरहेको प्रतिरक्षालाई कम मात्र गर्न सकिन्छ।

लक्षण

प्रभावित अंगका आधारमा ‘अटो इम्युन डिजिज’का लक्षण देखिन्छन्। जोर्नी दुख्ने, मांसपेशी दुख्ने, मांसपेसी कमजोर हुँदै जानेजस्ता लक्षण देखिन्छन् । लुपस हुँदा कपाल झर्ने, रातो रगतको कमी, मिर्गौलामा समस्या र महिलाको प्रजनन स्वास्थ्य प्रभावित हुन्छ।

‘अटो इम्युन थाइराइड’ हुँदा थाइराइड कम वा धेरै उत्पादन हुने तथा आँखा र मुख सुक्खा हुने हुन्छ । मायोसाइटिस हुँदा मासुमा समस्या र फोक्सोमा असर पर्छ ।

उपचारबाट ‘अटो इम्युन रोग’हरूलाई पूर्णतया निको पार्न सकिँदैन । औषधिको प्रयोगबाट स्वस्थ कोषविरुद्ध लडिरहेको प्रतिरक्षालाई कम मात्र गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .