ad ad

छापा खबर


आफूलाई ‘नेपाली नै होइन’ भन्नेलाई गौरिकाले दिइन् यस्तो स्पस्टीकरण

आफूलाई ‘नेपाली नै होइन’ भन्नेलाई गौरिकाले दिइन् यस्तो स्पस्टीकरण

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १:४८,

दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ शृंखलाको पौडीमा पहिलो स्वर्ण जितेपछि मिडियालाई प्रतिक्रिया दिने क्रममा १६ वर्षीया गौरिका सिंहले ननिन्, ‘बाहिर बस्छौ, तिमी नेपाली नै हैनौ भन्छन्, तर यो मोडल नेपाललाई नै हो। म नेपाली भएकोमा गर्व गर्छु।’

नौ वर्षको उमेरदेखि नेपाली खेलाडीका रुपमा पौडीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएकी उनले १३ औँ सागमा १२ स्पर्धामध्ये १ हैन, २ हैन, ९ वटा मेडल जितिन्।

त्यसमा स्वर्ण पदकको संख्या ४, रजत २ र कास्य ३ छन्।

सागमा सहभागी भएर राष्ट्रको शिर उँचो बनाइरहे पनि उनको मन भने त्यति खुसी देखिएन।

कारण, नेपाल पौडी संघभित्रको राजनीतिले। यो खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ।

गौरीका परिवार निकटका अनुसार उनलाई राष्ट्रिय खेलाडीको रुपमा पौडीमा सकेसम्म सहभागी नगराउन नेपाल पौडी संघभित्रकै केही पदाधिकारी सक्रिय हुने गरेका छन्।

बेलायतमा बस्ने, उत्तै प्रशिक्षण लिने, नेपाली झण्डा भएको ड्रेस नलगाउने, यताको प्रशिक्षकसँग प्रशिक्षण नलिने मात्रै होइन्, उनी बेलायती नागरिकै भइसकेको भन्दै हतोत्साहित बनाउने प्रयास बारम्बार भइरहन्छ।

उनी बेलायतमा बसे पनि नेपाली नागरिककै भएको पुष्टी गर्न उनका अभिभावकै खटिनुपरेको थियो।

गौरिका सन् २००२ मा ललितपुरको पाटन अस्पतालमा जन्मिए पनि १४ वर्षदेखि उनी बेलायतमा बस्दै आएकी छन्।

उनी उतै दक्ष प्रशिक्षकबाट दैनिक पौडीको प्रशिक्षण लिन्छिन्।

उनकी आमा हुन्, २०५० सालको एसएलसीको बोर्ड टपर गरिमा राणा।

राणाको विवाह बझाङका पारस सिंहसँग भयो। बुढानिलकण्ठका विद्यार्थी पारस बेलायत गएसँगै गरिमा र गौरिका पनि बेलायत गएका हुन्।

नेपाली खेलाडीका रुपमा प्रतियोगितामा गौरिकालाई सहभागी गराउन भाँजो हाल्न खोज्नेहरुलाई उनले सागमा चार स्वर्ण दिलाएर राम्रै जबाफ दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .