छापा खबर


नेकपामा अर्थपूर्ण बैठक, ओलीबिनै प्रचण्डले गरे महत्वपूर्ण निर्णय

नेकपामा अर्थपूर्ण बैठक, ओलीबिनै प्रचण्डले गरे महत्वपूर्ण निर्णय

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ०:२०,

‘पार्टी एकीकरणको डेढ वर्षसम्म अलमलजस्तो थियो, अब मलाई कार्यकारी अध्यक्ष भएको फिलिङ आएको छ,’ गत मंसिर ४ गते पार्टीको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘ओलीजीले पार्टी अध्यक्षको हैसियतमा जे गर्नुभएको थियो, त्यो मैले गर्ने हो।’

त्यसयता दाहालको अध्यक्ष हैसियतको सक्रियता बढेको छ। बिरामले शिथिल भएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर फर्किए। त्यसपछि दुई दिनसम्म बालुवाटारमै आराम गरेर उनी राजकीय काममा जोडिन थालेका छन्।

सोमबार भने ओली र दाहालले करिब एक महिना अघि भएको नयाँ सहमतिअनुसार आ आफ्नो मोर्चाको जिम्मेबारी सम्हालेका स्पष्ट दृष्य देखिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

दाहालले धुम्बाराहीमा ओली बिनाको पार्टी सचिवालय बैठक गरे भने बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखे।

कार्यकारी अध्यक्ष भएपछि दाहालले बोलाएको सचिवालयको दोस्रो बैठक महत्व, छलफल र निर्णका हिसाबले अर्थपूर्ण थियो।

विगतमा यस्ता बैठक ओलीको अनुपस्थितिमा हुँदैनथे।

‘बैठकबारे एक सचिवालय सदस्यले प्रतिक्रिया दिए, ‘आज सैद्धान्तिक विषयमा घनिभूत छलफल भयो, बैठक बल्ल बैठकजस्तो भयो भन्ने साथीहरुको प्रतिक्रिया थियो।’

पार्टी बरियताको पहिलो नम्बरमा रहेका अध्यक्ष ओलीको अनुपस्थितिमा ४ घण्टा लामो बैठक बसेको सोमबार पहिलो पटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad