छापा खबर


धमाधम भत्काइँदै प्रधानमन्त्री निवास, प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो

धमाधम भत्काइँदै प्रधानमन्त्री निवास, प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १:१५,

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ। सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो।

भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ। पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ। प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ। भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो।

नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गरिरहेका छन्।

दुवै भवन एकसाथ निर्माण गरिने
सहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री आवासका दुईवटै भवन एकैसाथ निर्माण सुरु गरेको छ। प्रधानमन्त्री ओलीको निर्देशनअनुसार विभागले निजी तथा सार्वजनिक भवन एकैसाथ बनाउन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad