छापा खबर


अपहरणकारीको पञ्जाबाट यसरी फुत्किइन् आठ वर्षीया बालिका

अपहरणकारीको पञ्जाबाट यसरी फुत्किइन् आठ वर्षीया बालिका

नेपालखबर
असार ९, २०७६ सोमबार २:७,

घरनजिकै खेलिरहेकी बिर्तामोड–१ की आठ वर्षीया बालिका शनिबार साँझ एकाएक हराइन् ।

उनका अभिभावकले तत्काल प्रहरीमा जानकारी गराए । एक घन्टापछि बालिका दौडिँदै घर फर्किइन् । आफू अपहरणमा परेको अपरिचित पुरुषबाट बलात्कार प्रयास भएको उनले बताएकी छिन् ।

यसरी हराइन् बालिका
केही दिनदेखि बालिकाको घरनजिकै एक व्यक्ति देखा परिरहन्थे । ३०–३५ वर्षका ती व्यक्तिले बालिकालाई फिरफिरे किनिदिने भन्दै खेलिरहेको ठाउँबाट फकाएर लगे ।

राजमार्ग उत्तरतर्फबाट उनले बालिकालाई अदुवा खोलाको पुलनेर निकाले । राजमार्ग निस्किएपछि सिटी रिक्सा चढाएर बालिकालाई पूर्वतर्फ लगे । मुक्तिचोकबाट सिटी रिक्सा पुनः पश्चिमतर्फ नै मोडियो ।

झन्डै एक किलोमिटर पश्चिम पुर्याएपछि उनले बालिकालाई ओरालेर झाडीतर्फ लगे । र, बलात्कार प्रयास गरे । उनको पन्जाबाट फुत्किएर बालिका भाग्न सफल भइन् । उनी कुद्दै–कुद्दै घर पुगिन् । अभिभावकलाई घटनाबारे बेलीबिस्तार लगाइन् ।

सिसिक्यामेराबाट अनुसन्धान
राजमार्गमा जडित सिसिक्यामेरामा कैद भएको फुटेजका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘बालिकाले दिएको हुलिया र हामीले सिसिक्यामेरामा फेला पारेको हुलिया मिल्यो,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भने, ‘बालिका निकै स्वस्थ र स्मार्ट रहिछिन्, भागेर आफैँ घर पुगिन् ।’

अभिभावकको स्वीकृतिविना बालिकालाई फकाएर लैजानुलाई अपहरण मानिने प्रहरीको भनाइ छ । आफूहरू अभियुक्तको नजिक पुगिसकेकाले उनी चाँडै पक्राउ पर्ने डिएसपी थापाले बताए । बालिकाले प्रहरीलाई भनेकी छिन्, ‘उसले कपडा खोल्न पाएन, म भागिहालेँ ।’

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षणका लागि आइतबार मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मी काफ्लेले लेखेका छन्।

अपहरणकारी पक्राउ परेपछि अपहरण र जबर्जस्तीकरणी उद्योग गरी दुईवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad