देशमा अनेक राजनीतिक परिवर्तन आए पनि तराईका दलितमध्ये सबैभन्दा पिछडिएका मुसहर समुदायको अबस्था उस्तै छ।
उनीहरु शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थामा अझै पछाडि छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट गोविन्द महतोले लेखेका छन्।
सरकारले दलित समुदायको उत्थानको लागि भन्दै वार्षीक करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ।
अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, युकेड, डीएफआइडी र स्ट्रीट चाइडले करोडौँ रुपैयाँ खर्चे पनि धनुषाका मुसहर समुदायको अबस्था उस्तै छ।
एनजिओहरुले अपारदर्शी ढंगले रकम अपचलन गर्दै आएको मुसहर समुदायको आरोप छ।
डीएफआइडीले धनुषाको आसमान नेपाल, जानकी महिला जागरण समुह, साहस नेपाल लगायतका गैर सरकारी संस्थासँग सम्झौता गरी ब्रेक द बण्ड नामक परियोजना अन्तर्गत मुसहर केन्द्र नामक कार्यक्रम चलाउँदै आएको छ।
मुसहर अगुवा पच्चु माझीले एनजिओको कार्यक्रमले मुसहरको जीवन स्तरमा सुधान नआएको बताए।
‘मुसहरले केही जान्दैनन् भनेर गैरसकारी संस्थाले हामीलाई ठगिरहेका छन्,’ माझीले भने, ‘महिनामा एकदिन बोलाउँछन्। महिना दिनको हाजिर एकै दिन गराउँछन्। खाजा खुवाउँछन्। मुसहरको नामका आउको पैसाले एनजिओ मोटाउँदैछ। हामी झन्झन् गरिब हुँदैछौँ।’
Shares

प्रतिक्रिया