अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका काकीबीच असारमा हुने भनिएको विवाहको शुभ साइत जुरेन।
परिवारका जेठा छोरा आयुष्मान र अभिनेत्री प्रियंकाले असारमा विवाह गर्ने तयारी गर्दै थिए। तर दुवैको चिना देखाउँदा असारमा राम्रो साइत नजुरेको हो।
चलचित्र ‘प्रेम दिवस’ को रिलिजसँगै अभिनेता आयुष्मान चलचित्र ‘सानो मन’ को काममा व्यस्त छन्। अभिनेत्री प्रियंका नयाँ फिल्म ‘हेलो जिन्दगी’ को काममा व्यस्त छिन्। यो खबर आजको आजको राजधानी दैनिकमा छापिएको छ।
दुवै व्यस्त भएका कारण यी दुईको विवाह असारमा स्थगित भएको भन्ने समाचारलाई अभिनेता आयुष्मानले अस्वीकार गरेका छन्।
3
Shares

प्रतिक्रिया