ad ad

छापा खबर


के हुन्छ चीनमा जहाँ नेपाली नेताहरूको लर्काे लाग्दैछ?

के हुन्छ चीनमा जहाँ नेपाली नेताहरूको लर्काे लाग्दैछ?

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १:१०,

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगन गरेका छन्।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार यही विषयमा छलफल गरेपछि सोमबार दाहालले पूर्वनिर्धारित कार्यताकिा संशोधन गरेका हुन्।

दाहालको भ्रमण केही महिनाका लागि स्थगन भए पनि नेकपासहित दलका नेता र सरकारी अधिकारीहरू चीन जाने र चिनियाँ अधिकारीहरू नेपाल आउने क्रम भने निकै बढेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल असोज ३० गते चीन पुगेर फर्किए। नेकपा स्कुल विभागका उपप्रमुखद्वय र देवेन्द्र पौडेलसहितको टोली असोज २८ गते चनी पुगेर फर्कियो। यही समयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि टोलीसहित चीन भ्रमणमा थिए।

केन्द्रीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको छुट्टाछुट्टै टोलीले चीनको लगातार भ्रमण गरिरहेको छ। कतिपय जाने पालो कुरेर बसिरहेका छन्। यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन्।

के हुन्छ चीनमा?
चिनियाँ अधिकारीले नेपालबाट राजनीतिक भ्रमणमा जानेहरूलाई मुख्यतः आफ्नो विकासको मोडल देखाउँछन्। राष्ट्रपति सीले अघि सारेको ‘चिनियाँ विशेषासहितको समाजवाद’को सैद्धान्तिक व्याख्या सुनाउँछन् र चीनले पछिल्लो समय गरेको प्रविधिको विकासको बखान गर्छन्।

‘उनीहरूले आफ्नो विकासको मोडल नै देखाउने हुन्,’ हालसालै चीनबाट फर्किएका नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भने, ‘त्यहाँको सहरी क्षेत्रको विकासबारे हामीले धरै कुरा सिक्यौं।’ उनले त्यहाँ आफूहरूलाई दिनको ६ घण्टा क्लासमै राखेर पढाएको जानकारी दिए।

चीनले किन यति धेरै भ्रमण गराउँदै आएको छ त? चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भने, ‘आफूले तीव्र गतिमा गरेको विकास बाहिरी दुनियाँलाई देखाउने चाहना नै मुख्य हो।’ उनले छिमेकी मुलुकले गरिरहेको विकास बुझ्न जाने प्रक्रिया बढ्नुलाई अन्यथा सोच्न नहुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .