छापा खबर


अध्यक्ष प्रचण्डलाई खतराको सन्देश!

अध्यक्ष प्रचण्डलाई खतराको सन्देश!

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ३:२४,

०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा संघीय संसद्, प्रदेश र स्थानीय तहका बहुसंख्यक पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजय हासिल गर्दैगर्दा चितवनको भरतपुर वडा नम्बर १६ मा भने हार बेहोर्नुपरेको घटना यतिबेला चर्चाको विषय बनेको छ।

चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को गृहजिल्ला हो।

तर, चितवनका तीनवटा वडामा भएको पराजय नेकपा अध्यक्ष प्रचण्डको लागि खतराको सन्देश भएको खबर आजको साँघु साप्ताहिकले छापेको छ।

चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

चितवनजस्तो राजनीतिक रुपमासचेत जनमत भएको जिल्लामा नेकपाले हार बेहोर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

पार्टी एकतापछि नेकपाको विजय भन् सुनिश्चित हुनुपर्नेमा उल्टो परिणाम आउँदा यसबारे गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने परिस्थिति नेकपाका लागि आएको छ।

यसबाट समयमै पाठ सिकेर अघि बढ्न प्रचण्डलाई शिक्षका रुपमा समेत यस परिणामले सन्देश दिएको टिप्पणी समेत हुन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad