छापा खबर


उल्टियो परिणाम : नेकपालाई पछि पार्दै कांग्रेस विजयी

उल्टियो परिणाम : नेकपालाई पछि पार्दै कांग्रेस विजयी

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ०:२८,

सर्वाधिक चासोका साथ हेरिएको कास्की २ प्रतिनिधिसभाको उपनिर्वाचनको मत गणना शनिबार मध्यरातिसम्म सुरु भएको छैन।

तर अन्य जिल्लामा भने वडाध्यक्षका लागि भएका मतगणनाको नजिता आउन थालेका छन्।

अर्घाखाँचीको मालारानी ३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

अघिल्लोपटक कांग्रेस र माओवादी मिल्दा पनि एमाले एक्लैले जितेको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

दाङको घोराही १६ मा वडाध्यक्ष कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार ७६५ मत ल्याएर विजयी भएका छन् भने नेकपाले ३७८ मत प्राप्त गरेको छ।

अघिल्लो निर्वाचनमा एमालेले १२ सय मत ल्याउँदा कांग्रेसले ६१५ मत ल्याएको थियो। त्यस्तै माओवादीले ४४८ मत ल्याएको थियो।

बाजुराको त्रिवेणी १ मा वडाध्यक्ष कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार ४७३ मत ल्याएर विजयी भएका छन् भने नेकपाले २९७ मत मात्रै ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad