ad ad

छापा खबर


बिहेका लागि यस्तो केटाको खोजीमा छिन् ज्योति मगर

बिहेका लागि यस्तो केटाको खोजीमा छिन् ज्योति मगर

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १:५६,

१२ वर्षअघि रुकुमबाट उच्चशिक्षा हासिल गर्न र कलाकार बन्न ज्योति मगर काठमाडौं आएकी थिइन्। रोल्पा नुवागाउँमा जन्मिएकी उनले काठमाडौं आएर गायन यात्रा थालिन्। केही समय नृत्य कलाकारका रूपमा काम पनि गरिन्।

त्यस क्रममा अग्रजकै संगतका कारण उनले गायन यात्रा अघि बढाउने अवसर पाइन्। सयभन्दा बढी गीत गाइसकेकी ज्योति पछिल्लो समय मोडलका रूपमा पनि स्थापित भएकी छन्। उनले लोकदोहोरीमा महँगो पारिश्रमिक लिने मोडलका रूपमा परिचय बनाएकी छन्। यिनै चुलबुली ज्योतिसँग डब्बु क्षत्रीले गरेको सटकट संवाद आजको राजधानी दैनिकमा छापिएको छ।

केमा व्यस्त हुनुहुन्छ?
स्टेज कार्यक्रममै व्यस्त छु। भर्खर मोरङमा कन्सर्ट सकेर सोझै राजधानी दैनिकको अन्तवार्तामा आएकी हुँ। अब ४ महिनासम्म विभिन्न
महोत्सवका लागि ‘बुक’ भइसकेकी छु।

स्टेज कार्यक्रमबाट कस्तो कमाइ छ?
राम्रो छ। स्टेज कार्यक्रमबाटै कमाएर काठमाडौं काँडाघारीमा घर बनाएकी छु। वर्षमा ५÷७ वटा स्टेज कार्यक्रम विदेशमै हुन्छ। स्टेज कार्यक्रमको कमाइबाट पूर्ण सन्तुष्ट छु।

jyoti 2

प्रतिकार्यक्रमको पारिश्रमिक कति हुन्छ?
पैसा त ठ्याक्क नबताऊँ हो, दाजु। जे भए पनि कमाइ राम्रै छ।

ज्योति मगरलाई हेर्न कि सुन्न आउँछन्?
हेर्न र सुन्न दुवै। धेरै युवा नै हुन्छन् । युवती पनि हुन्छन् । अचम्म के भने ८० वर्ष नाघेका हजुरबुबाहरू पनि मेरो स्टेज कार्यक्रम हेर्न आउनुहुन्छ। उहाँहरू पनि ‘हुटिङ’ गर्दै नाच्नुहुन्छ। ज्योति मगरलाई नै हेर्न आएको हुँ भन्नुहुन्छ। खुसी लाग्छ।

तर हजुरबाहरू सेक्सी स्टाइल हेर्न आएका हुन् कि?
मेरोजस्तै अंग त उहाँहरूले घरमै बूढीहरूकै हेरी हाल्नुहुन्छ नि! मेरो स्टाइल र प्रस्तुति नै हेर्न आउनुहुन्छ।

बढी उत्ताउलो भनेर ज्योति मगरलाई केही ठाउँमा बन्देज पनि लगाइयो रे नि?
हो नि! इटहरीमा उपमेयरले मिटिङ गरेर मलाई स्टेज कार्यक्रम प्रस्तुतिका लागि आउन रोक लगाउनुभयो। तर, पछि मलाई त्यहींट निम्ता आयो र मैले त्यहाँ अत्यधिक दर्शकमाझ गाएर आएँ। उहाँ भने कार्यक्रममा आउनुभएन।

स्टेजमा कपडा खोलेर दर्शकदीर्घामा फाल्ने, छोटो कपडा लगाउने, अर्धनग्न हुने आरोप छ नि?
ज्याकेट लगाउँदा फाल्ने गरेकी थिएँ । विरोध आएपछि कपडा फाल्न छाडेकी छु। मलाई मन पर्ने ड्रेस नै सर्ट स्कर्ट र वान पिस हो। त्यसमा मलाई दर्शक हेर्न चाहनुहुन्छ। छोटो स्कर्ट लगाउँदा के भयो त?

jyoti 5

अलिकति निजी कुरा। अब एकबाट दुई कहिले हुने?
यसको त जवाफ मसँग पनि छैन। दुई हुन चाहेको हो। अहिलेसम्म साइत जुरेकै छैन।

कस्तो केटाको खोजी छ?
मानवता भएको, मलाई इन्टरफेयर नगर्ने, परिवार र समाजप्रति जिम्मेवार।कुल, आर्थिक अवस्था राम्रो र पैसा कमाउने होस्। समझदार र सहयोगी भावनाको आफूमै ‘डिपेन्डेन्ट’ हुनसक्ने केटाको खोजीमा छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .