ad ad

छापा खबर


सिद्धबाबाको मोवाइलमा युवतीका अश्लिल म्यासेज

सिद्धबाबाको मोवाइलमा युवतीका अश्लिल म्यासेज

नेपालखबर
मंसिर १४, २०७६ शनिबार २:९,

सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी प्रहरीको निगरानीमा परेका छन्।

आफ्नै अनुयायी एक महिलाले आफूमाथि गत ४ कात्तिकमा बलात्कार गरेको उजुरी प्रहरीमा दिएपछि उनी निगरानीमा परेका हुन् ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद भण्डारीले कृष्णदास प्रहरीको निगरानीमा रहेको जानकारी दिँदै पक्राउका लागि अदालतबाट पुर्जी प्राप्त गर्ने प्रयत्नमा रहेको बताए ।

‘अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ नियन्त्रणमा लिएर अनुसन्धान थाल्नेछौँ,’ डिएसपी भण्डारीले भने। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आफूविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि कृष्णदास अस्पताल भर्ना भएका छन् । उनी बिहीबार दिउँसो बिरामी भएको भन्दै विराटनगर मुनालपथस्थित विराट नर्सिङ होम भर्ना भएका हुन् ।

हाल उनी अस्पतालको दोस्रो तलामा रहेको गाइनो वार्डको ५ नम्बर क्याबिनमा बसिरहेका छन् । मुटुमा समस्या आएपछि उनी उपचारका लागि भर्ना भएको चिकित्सकहरूको भनाइ छ ।

कृष्णदासले आफूमाथि झुटो आरोप लगाइएको बताए । उनले समय आएपछि सबैलाई बोलाएर यथार्थ जानकारी दिने बताए । ‘मैले बोल्ने समय आएको छैन, सही समय आएपछि तपाईंहरू सबैलाई बोलाएर के भएको हो बोल्छु,’ उनले भने ।

कृष्णदासले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गर्न बाधा नगरेको र नगर्ने पनि बताए । ‘कानुनअनुसारको काम प्रहरीले गर्ने हो, मैले यो वा त्यो भन्न मिल्दैन, सत्य के हो आफैँ बाहिर आउनेछ,’ उनले भने ।

कृष्णदासका अनुयायीहरूले भने ‘गुरु’लाई नियोजित रूपमा फसाएको दाबी गरेका छन् ।

उनीहरूले एक वर्षदेखि एक युवतीले कृष्णदासको मोबाइलमा यौनव्यवहार लक्षित सयौँ म्यासेज पठाएको बताएका छन् । युवतीले गरेको आग्रह नमान्दा झुटो बलात्कार आरोपको उजुरी दर्ता गराएको अनुयायीहरूको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .