छापा खबर


साग सुरक्षामा आइजिपी खनाल नै खटिने, १९ हजार सुरक्षाकर्मी परिचालन

साग सुरक्षामा आइजिपी खनाल नै खटिने, १९ हजार सुरक्षाकर्मी परिचालन

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १:९,

१५ मंसिरमा औपचारिक उद्घाटन हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन्।

भित्री घेरामा प्रहरी र बाहिरी घेरामा सशस्त्र र सेना परिचालन हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुरक्षामा आइपर्ने खतराको सम्बन्धमा सूचना संकलन र विश्लेषण गर्नेछ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मित्र भण्डारीले लेखेका छन्।

काठमाडौं र ललितपुरमा हुने प्रतियोगिता, खेलाडी, खेलमैदान र होटेलहरूको सुरक्षा प्रबन्ध आइजिपी खनालको प्रत्यक्ष कमान्डमा हुनेछ । जनकपुरमा हुने खेलको प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्की र पोखरामा गण्डकी प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले सुरक्षा नेतृत्व गर्नेछन् ।

‘भित्री घेराको सुरक्षा नेपाल प्रहरीले गर्नेछ भने त्यसपछिको घेरामा क्रमशः सशस्त्र र सेना रहनेछन्,’ नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘यसबाहेक सुरक्षा व्यवस्थामा थप सतर्कताका लागि सादा पोसाकका सुरक्षाकर्मी खटिनेछन् ।’

चार स्थानका लागि सुरक्षा व्यवस्था तय गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटेलसम्म, होटेलदेखि रंगशाला र खेलमैदानसम्म, होटेल र खेलमैदानमा पनि छुट्टै सुरक्षा व्यवस्था हुनेछ ।

सशस्त्रका आइजिपी शैलेन्द्र खनालको नेतृत्वमा भने समारोह व्यवस्था समिति गठन गरिएको छ । उद्घाटन समारोहमा झाँकी प्रदर्शनलगायतको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ।

आइजिपी खनालको संयोजकत्वमा रहेको सुरक्षा समितिमा सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका डिआइजी दीपककुमार थापा, सशस्त्र प्रहरीका डिआइजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकुद परिषद्की सरस्वती केसी भण्डारी सदस्य छन् भने परिषद्का कर्मचारी फणिन्द्र पौडेल सदस्यसचिव छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad