ad ad

छापा खबर


फेसबुक, ट्वीटरलाई टक्कर दिने नयाँ सोसल मिडिया आउँदै

फेसबुक, ट्वीटरलाई टक्कर दिने नयाँ सोसल मिडिया आउँदै

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ४:२४,

फेसबुक तथा ट्वीटरलाई टक्कर दिने भनिएको नयाँ सोसल मिडिया साइट डब्लूटीसी छिट्टै आउने भएको छ। तर यसको मोडल फेसबुक तथा ट्वीटरभन्दा फरक छैन, यसको विश्वसनीयतामा आश्वस्त हुने ठाउँ भने छ।

यो साइटमा साइन अप निःशुल्क हुनेछ। यद्यपि तपाईंले यसका लागि वेटलिस्टमा बसेर कुर्नुपर्नेछ, डोनेट गर्नुपर्नेछ वा साथीलाई इनभाइट गर्नुपर्नेछ। यसमा महिनाभरको अवधिमा ५० हजार मानिस आबद्ध भइसकेका छन्। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

यसलाई विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले डब्लूटीसी सोशलको नामबाट सोशल मिडिया साइट लन्च गरेका हुन्। इन्टरनेटको प्रयोग गर्ने सायदै कुनै व्यक्ति यस्ता हुनेछन्, जसले विकिपिडियाको बारेमा नजानेको होस्।

वेल्सका अनुसार यो सोसल मिडिया साइटल फसबुक र ट्वीटर जस्ता साइटले बेवास्ता गरेका कमजोरीहररूलाई हटाउनेछ। वेल्सले भने, ‘विज्ञापनको माध्यमबाट आम्दानी गर्ने सोसल मिडिया कम्पनीको व्यापारिक मोडल नै सबैभन्दा ठूलो समस्या हो। यो प्रक्रियामा कम गुणस्तरको सामग्रीलाई फाइदा भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .