छापा खबर


यसकारण उपेन्द्र यादवलाई सरकार निल्नु न ओकल्नु

यसकारण उपेन्द्र यादवलाई सरकार निल्नु न ओकल्नु

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १:८,

उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे। शुक्रबार साँझ दिल्लीबाट फर्केका उनी आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यभार सम्हाल्न जानुपर्ने थियो।

मन्त्रालयमा उनको ‘नेमप्लेट’ टाँसेर कर्मचारी दिनभर कुरिरहे तर उनी पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईसहितका नेताहरूसँग उपनिर्वाचनसम्बन्धी कार्यक्रममा भाग लिन बिहानै पोखरा लागे।

यादव भारतको नयाँदिल्लीमा रहेका बेला बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय परिवर्तन गरिदिएका थिए। त्यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा थिए।

प्रधानमन्त्रीले ‘अपमानपूर्वक’ आफ्नो जिम्मेवारी फेरबदल गरेको भन्दै असन्तुष्ट यादवलाई सरकार ‘निल्नु न ओकल्नु’ भएको छ। न उनी दिएको जिम्मेवारी स्वीकारेर अघि बढ्ने अवस्थामा छन् न सरकारबाट बाहिरिने। यो विश्लेषणात्मक खबर आजको कान्तिपुरमा दुर्गा खनालले लेखेका छन्। 

अपमानपूर्वक व्यवहार भएको भन्दै आफ्नै पार्टीले आपत्ति जनाइरहेका बेला यादव सरकार छाड्न डराइरहेका छन्। यसका पछाडि एउटा कारण हो– नेकपा र राजपाबीच संघदेखि प्रदेश २ सरकारसम्म हुनम सक्ने गठबन्धन।

‘सरकार छाडिहाल्दा राजपा संघीय सरकारमा सहभागी हुन सक्छ, प्रदेश २ को सरकारको भविष्यमा पनि प्रश्न उठ्न सक्छ,’ यादवनिकट एक नेताले भने, ‘त्यसैले अहिले हतारमा निर्णय गरिहाल्नुभन्दा केही समय पर्खनु उचित हुन्छ भन्ने उहाँको निष्कर्ष छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad