छापा खबर


नख्खु कारागारका कैदी गर्लफ्रेन्डसँग जान्छन् डेटिङमा

नख्खु कारागारका कैदी गर्लफ्रेन्डसँग जान्छन् डेटिङमा

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ०:५९,

बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ।

नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् ।

डेटिङमा चौकीदार
चौकीदार पनि कैदीबन्दी नै हुन् । कारागारभित्र कैद भुक्तान गरिरहेको व्यक्ति बाहिर निस्किन मिल्दैन ।

कामले निस्किनै परे पनि सुरक्षाकर्मीको कडा निगरानी हुन्छ । तर, नख्खु कारागारका चौकीदार सन्तोष गुरुङ कारागारबाट सजिलै निस्किएर डेटिङसमेत जाने गरेको पाइएको छ। तर, उनको हर्कतबारे सुरक्षाकर्मी र जेलर अनभिज्ञता जनाउँछन् ।

नख्खु सुधारगृह कार्यालयका प्रमुख सुरेन्द्र पौडेल भने गर्लफ्रेन्डसँग गुरुङले खिचेको फोटोमा पनि षड्यन्त्र भएको दाबी गर्छन् ।

‘कस्तो फोटो हो? कहाँको फोटो हो? त्यसबारे मलाई थाहा भएन । यदि हो भने पनि त्यसमा षड्यन्त्र छ । समीरमानसिंह बस्नेत चिन्नुहुन्छ नि? यसमा पक्कै उनीहरूकै हात हुनुपर्छ,’ पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad