छापा खबर


भयावह बन्दै दमरोग : देशभर ३४ लाख पीडित

भयावह बन्दै दमरोग : देशभर ३४ लाख पीडित

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ०:५०,

देशभर ३४ लाख दमरोगी भएको एक अध्ययनले देखाएको छ । यो कुल जनसंख्याको ११ दशमलव ७ प्रतिशत हो ।

नसर्ने रोगको प्रकोप बढिरहेका वेला नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै श्वासप्रश्वाससम्बन्धी दीर्घरोग दम (सिओपिडी), मिर्गौला र मुटुरोगबारे अनुसन्धान गरेको थियो ।

सबै क्षेत्रका जनसंख्या समेटेर सातै प्रदेशका ७२ जिल्लाका १३ हजार दुई सय व्यक्ति छनोट गरेर सिओपिडीबारे अध्ययन गरेको थियो । तीमध्ये ११ दशमलव ७ प्रतिशतमा दम देखिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

वीर अस्पतालका चेस्ट युनिट प्रमुख डा. आशेष ढुंगानाले देशभर ३४ लाख दमरोगी भएको बताए । नसर्ने रोगमध्ये दम नेपालमा सबैभन्दा बढी जोखिमपूर्ण रहेको तथ्यांकले देखाउँछ ।

नेपालमा प्रत्येक १० व्यक्तिमा एकजनालाई दम छ । आवश्यक जनशक्ति र सम्बन्धित रोगको उपचार गर्ने अस्पताल अभावले दमरोगी बढिरहेको डा। ढुंगानाले बताए । नेपालको कुल मृत्युमध्ये १२ प्रतिशत मृत्युको कारण दम रहेको पनि उनले बताए ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार देशमा दमको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ।

अध्ययनले दमको मुख्य कारण धूम्रपान रहेको देखाएको छ । बाह्य र घरभित्र हुने वायु प्रदूषण पनि दमको कारण भएको देखाएको छ । त्यस्तै, पेसागत र वंशाणुगत कारणले पनि दमको समस्या देखिएको अध्ययनको निष्कर्ष छ। करिब तीन प्रतिशत दमका रोगी मात्रै सही उपचारमा संलग्न भएको अध्ययनले जनाएको छ।

डब्लुएचओ ग्लोबल बर्डेन अफ डिजिज (२०१६) का अनुसार संसारमा २५ करोड मानिस दमबाट प्रभावित छन्।

वार्षिक ३१ दशमलव ७ लाख मानिसले दमका कारण ज्यान गुमाउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad