छापा खबर


फेला पर्‍याे कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

फेला पर्‍याे कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

नेपालखबर
मंसिर ४, २०७६ बुधबार २३:५९,

कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालिन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ।

भूमिसुधार मन्त्रालयले फेला पारेको लगत केही वर्षअघि अभिलेखालयलाई बुझाइएको थियो।

खोजीका क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको खबर आजको कान्तिपुर दैनिकमा देवेन्द्र कार्कीले लेखेका छन्।

राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगका अनुसार १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पैसाको तिरो बुझाएको प्रमाण भेटिएको छ।

त्यसमा हाल भारतीय पक्षबाट अतिक्रमित ‘गुन्जी (कुन्जी) का बासिन्दाले पनि तिरो बुझाएको’ सूची देखिन्छ।

तिरो प्रमाणमा हाल भारततर्फ पारिएका नावी र कुटी गाउँका बासिन्दाको नामसमेत उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad