छापा खबर


मोटाउनु भएको छ? यसरी घटाउनुस् सजिलै तौल

मोटाउनु भएको छ? यसरी घटाउनुस् सजिलै तौल

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार २:७,

सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लागि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्दो छ।

आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिने खबर आजको नयाँ पत्रिका दैनकले छापेको छ।

विहानको खाजा धेरै खानुहोस्। कम ब्रेकफास्टले दिउँसोको समयमा बढी भोक लाग्छ र आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना खाइन्छ।

पानीको मात्रा कम भएका पेयपदार्थ सकेसम्म कम खाने। साडा र जुस जस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ। जसले मोटोपना निम्त्याउँछ।

चिस्याएका फलफूल र सागसब्जी खानुहोस्। आइबक्समा राखिएका फलफूल तथा सागसब्जीले स्वस्थ बनाउनुका साथै पिज्जा बर्गरजस्ता फ्याटी खानेकुरामा निर्भर हुने आदत घटाउछ।

कालो चिया पिउनुहोस्। बिहानको चियाले फुर्तिलो बनाउनुका साथै ऊर्जा प्रदान गर्छ। एक कप चिया पिउँदा त्यसले तीन घण्टा ऊर्जा प्रदान गर्छ। तर, बढी कफी पिउनु हुँदैन।

नियमति रोटी खानुहोस्। गहुँको रोटी, खैरो चामल र मकैको फल खाने मानिसमा तौल बढ्ने खतरा झण्डै ५० प्रतिशत कम हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad