छापा खबर


ओलीसँग प्रचण्डले उठाए आफ्नै कार्यविभाजनको विषय

ओलीसँग प्रचण्डले उठाए आफ्नै कार्यविभाजनको विषय

नेपालखबर
मंसिर २, २०७६ सोमबार २३:५८,

मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरुबीचकै कार्यविभाजनको विषय पनि उठेको छ।

विगतका सहमतिप्रतिको बुझाइ फरक फरक हुन थालेपछि मन्त्रिपरिषद् फेरबदलसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या गर्नुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच लगभग सहमति जुटिसकेको छ।

सँगै कार्यविभाजनको पनि कुरा आएपछि मन्त्री हेरफेरको विषय नै केही पर धकेलिएको स्रोतले जनायो।

‘अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनसँगै सकेसम्म सबै विषयमा एकमुष्ट सहमति खोज्ने पक्षमा हुनुहुन्छ, त्यसो गर्दा पहिलेदेखि नै छलफलमा रहेको कार्यविभाजनको विषय पनि पर्ने नै भयो,’ दाहाल निकट एक नेताले भने, ‘तर प्रधानमन्त्रीज्यू किस्ताकिस्तामा निर्णय गरिरहनुभएको छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा पनि दुई अध्यक्षको कार्यविभाजन कार्यविभाजन कसरी गर्ने भन्ने विषयमा कुराकानी भएको थियो।

अध्यक्षद्वयबीच गत साउनमा दाहालले पार्टी र ओलीले सरकार चलाउन सहमति भएको थियो।

त्यतिबेला ओलीले उक्त सहमति तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए।

दाहाल निकट नेताले भने, ‘दुई अध्यक्षबीच यो गाँठो जति छिटो फुक्छ, त्यति नै छिटो अरु विषयमा सहमति हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad