छापा खबर


हटाइने मन्त्रीबारे ओली र प्रचण्डबीच लगभग टुंगो

हटाइने मन्त्रीबारे ओली र प्रचण्डबीच लगभग टुंगो

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ०:२३,

मन्त्रिपरिषद् पुनर्गठनबारे सतारुढ नेकपाका दुई अध्यक्षबीच लगभग सहमति जुटिसकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

त्यसअघि अध्यक्षद्वयले आआफ्ना पक्षका सम्भावित मन्त्रीहरुसँग भेटेर उनीहरुको आशय बुझेका थिए।

प्रधानमन्त्री कार्यालयको कार्यसम्पादन मूल्यांकनको आधारमा रेड जोनमा रहेका मन्त्रीलाई अब हटाउनैपर्छ भन्नेमा दुबै अध्यक्ष सहमत छन्।

प्रधानमन्त्री ओलीले उद्योग तथा वाणिज्यमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माको कार्यशैलीबाट सन्तुष्ट नरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

यी मन्त्रीहरुको विकल्पमा आउन सक्ने सम्भावित नेताहरु र उनीहरुको दक्षताको विषयमा पनि दुई अध्यक्षले छलफल गरेका छन्।

दाहालनिकट स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणि पोखरेल र ऊर्जामन्त्री वर्षमान पुनबाहेक अरु मन्त्रीहरुका बारेमा पुनर्विचार गर्न उनी तयार छन्।

यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीले रुचाएका अन्य मन्त्री हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad