०४६ पछि सीमा विवादका कुरा पटकपटक उठे तर उक्त विवाद समाधान नभई सेलाए। अहिले समाधान गर्ने उपयुक्त घडी आएको छ।
यसपल्ट नेपालले भारतको मिचाहा र अतिक्रणकारी प्रवृत्तिलाई ठोस जवाफ दिनुपर्ने आवश्यकता छ।
आज आइतबारको नेपाल सप्ताहिकमा ‘कालापानीमा ओलीको अग्निपरीक्षा’ आफ्नो लेखमा गेजा शर्मा वाग्ले अगाडि लेख्छन् : तर उत्तर छिमेकी चीनसँग नेपालले बहुचर्चित रणनीतिक साझेदारी गरेपछि कूटनीतिक वृत्तमा गम्भीर बहस भइरहेको घडीमा आकस्मिक रूपमा देखिएको सीमा विवादले भारतसँग कूटनीतिक सम्बन्ध चिसिन सक्ने सम्भावना उच्च देखिन्छ।
सम्भवतः अहिलेको विवादास्पद नक्सा प्रकरण पनि संयोग मात्रै नहुन सक्छ। त्यसैले ठोस परिस्थितिको ठोस विश्लेषण गरी नेपालले उपयुक्त नीति तथा कूटनीति अनुसरण गर्नुपर्ने अर्काे जटिल परिवेश पनि सिर्जना भएको छ।
तर हालसम्म पनि ओलीले भारतीय समकक्षीसँग सीमा विवाद सम्बन्धमा संवाद गरेका छैनन्। ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग शीर्ष तहमा संवाद गरी नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत विवादास्पद नक्साबारे भारतलाई ध्यानाकर्षण वा असहमतिपत्र पठाइसक्नुपर्ने थियो। ओलीले मोदीसँग अविलम्ब उच्चस्तरीय वार्ता गर्नुपर्छ र कूटनीतिक संवादको प्रक्रियाद्वारा सीमा विवाद समाधान गर्न अधिकतम प्रयास गर्नुपर्छ।
शर्मा अगाडि लेख्छन् : भारतले पनि विवादास्पद नक्सा फिर्ता लिनुपर्छ र नेपालसँग वार्तामा आउनुपर्छ। यदि नेपालले उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। के ओलीले उक्त निर्णायक पहल गर्न सक्लान्? त्यसैले ‘राष्ट्रवादी’ ओलीको अग्निपरीक्षाको घडी हो, अहिले।
Shares

प्रतिक्रिया