ad ad

छापा खबर


अब सेना पनि सीमा अनुगमनमा

अब सेना पनि सीमा अनुगमनमा

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार ०:५८,

नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशानलय नामको नयाँ एकाइ खडा गर्ने भएको छ।

छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो।

सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिँदै आएकामा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको खबर आजको कान्तिपुरमा जगदीश्वर पाण्डेले लेखेका छन्।

नेपाल-भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका २, ७१६ सीमा स्तम्भ गायब भएको गृह मन्त्रालयले जनाएको छ।

सेना सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीझैं सिमानामा नगए पनि सर्भे तथा अनुगमन निर्देशनालयबाट समग्र अनुगमन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .