छापा खबर


गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाएपछि नेताहरुले भने, ‘बल्ल हाम्रो चेत खुल्यो!’

गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाएपछि नेताहरुले भने, ‘बल्ल हाम्रो चेत खुल्यो!’

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार २:४,

गाउँमा खानेपानीको समस्या बिकराल छ भन्ने कुरा नेताहरुलाई के थाहा?

तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका सुझाए –पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने।

त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भएको खबर आजको समाचारपत्र दैनिकमा हेटौँडाबाट लेखिएको छ।

एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलका नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुप¥यो, त्यो पनि ठाडो उकालोमा।

स्थानीय महिला झिसमिसेमै ठाडो उकालो÷ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन्।

स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका हुन्।

सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए। नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पु¥याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखियो।

‘हो हजुरहरु, हामी दिनहुँ यसैगरी डोकोमा पानी बोक्न बाध्य हुन्छौं,’ विद्यालय व्यबस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेतालाई भने, ‘समस्या तत्काल समाधानका लागि हजुरहरुलाई गाग्रीसहितको डोको बोकाउनुपरेको हो, माफ गर्नुहोला।’

गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भने, ‘तपाईंहरुले यसरी सिर्जनात्मकढंगले आफ्ना आवश्यकता बोध गराउनुभयो। चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिवद्धता भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad