छापा खबर


निर्मला पन्त प्रकरणः डिएनएलाई प्रमाण मान्न नमिल्ने

निर्मला पन्त प्रकरणः डिएनएलाई प्रमाण मान्न नमिल्ने

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार २:२१,

कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख गरिएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य संकलन र त्यसको परीक्षण विधिबारे अनुसन्धान गर्न राष्ट्रियविधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो।

समितिमा डिएनए विज्ञ एवं विधिविज्ञान प्रयोगशालाका निर्देशक डा.जीवनकुमार झा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा। तुलसी कँडेल सदस्य थिए।

गत वर्षको साउन साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो।

निर्मलाको भेजिनल स्वाब र डिएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमाथि राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएपछि त्यसलाई निरुपण गर्न प्राविधिक अनुसन्धान समिति गठन गरिएको मन्त्रालय जनाएको थियो।

कञ्चनपुर प्रहरीले गत वर्षको भदौ ४ गते दीलिपसिंह बिष्टलाई बयान र अन्य प्रमाणका आधारमा सो घटनामा संलग्न भएको पाइएको भन्दै सार्वजनिक गरेको थियो।

तर बिष्टको डिएनए परीक्षण हुँदा मेल नखाएकाले उनलाई प्रहरीले अदालतमा पेस गर्न सकेन।

महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शव पोस्टमार्टम गर्दा उनको मृत्यु घाँटीको अगाडिको किलकिले हड्डी भाँचिएको र यौनांगमा ‘हाइमेन टियर’ भएको तथा भेजिनल स्वाब लिँदा बिर्य नदेखिएको तर निश्चित हुन त्यसको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउनुपर्ने भनेको थियो।

त्यसकै आधारमा प्रहरीले डिएनए परीक्षण गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad