संघले भन्दा अघि प्रहरी विधेयक ल्याएको प्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्ने गरी छुट्टै अनुसन्धान ब्युरो गठन गर्न लागेको छ।
यसका लागि आवश्यक विधेयकसमेत तयार पारेको छ।
हाल मुख्यमन्त्री कार्यालयको विधान समितिमा पुगेको विधेयक छिट्टै प्रदेशसभामा दर्ता गराउने सरकारको योजना रहेको खबर आजको कान्तिपुर दैनिकमा जनकपुरबाट अजित तिवारीले लेखेका छन्।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको ‘प्रदेश अनुसन्धान ब्युरोको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कार्यव्यवस्था समितिबाट पास भइसकेको छ।
आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले विधेयक प्रदेशसभामा दर्ता गराउने प्रक्रिया अघि बढाइएको बताए।

प्रतिक्रिया