सत्ता र विद्रोहीका काममा हत्तपत्त समानता पाइँदैन। तर, त्यस्तै संयोग देखिएको छ।
सरकारले जुवातास जस्ता सामाजिक विसंगतिमाथि निर्ममताका साथ कारबाही अगाडि बढाउँदै छ।
सशस्त्र विद्रोहरत विप्लव नेतृत्वको नेकपा पनि अहिले त्यही अभियानमा छ, जुवातास एवं तस्करी नियन्त्रण गर्ने।
याे खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ।
उसले पार्टी पुनर्गठन भएको दिन अर्थात् मंसिर ८ मा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई युट्यु अन्तर्वार्तामार्फत् सार्वजनिक गर्दै छ।
प्रचण्डबाट छुट्टिएको दिनलाई भव्य बनाउनका निम्ति सभा, सांस्कृतिक कार्यक्रम, उपहार, शुभकामना आदानप्रदानसँगै शहीद परिवारसहित जनयुद्धका घाइते, अपांग, बेपत्ता परिवारलाई सम्मान, क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वृद्धवृद्धाको सम्मान, भेटघाट जसता कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया