ad ad

छापा खबर


सरकारले दिएको धानको बिउ नक्कली, ९ जिल्लामा १५ करोड क्षति

सरकारले दिएको धानको बिउ नक्कली, ९ जिल्लामा १५ करोड क्षति

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार २:२०,

छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउबाट कम्तीमा ९ जिल्लाका किसान ठगिएका छन्।

गरिमा जातका नाममा दिइएको बिउ अर्कै जात नखुलेको परेको छ। यही कारण धान नफल्दा १५ करोडभन्दा बढीको क्षति पुगेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

बालै लगागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङका सयौं किसानले ठूलो क्षति व्यहोर्नुुुुपरेको छ।

उनीहरूले हाइब्रिड जातको गरिमा धानको बिउ रोपेका थिए। तर, बिउ हाइब्रिड जातको गरिमा नभएको अध्ययन समितिले फेला पारेको छ।

बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा ‘गरिमा एफ वान हाइब्रिड’ भनेर सूचीकृत भए पनि किसानले लगाएको बिउ जातै नखुलेको उन्नत जातको भएको फेला परेको हो। गरिमा भनेर बिउ प्रयोग गरेका किसानको खेतमा बाली नलाग्दा सरकारले अध्ययन गर्न लगाएको थियो।

अध्ययनमा संलग्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले बिउ गुणस्तर नियन्त्रण केन्द्रमा गरिमा एफ वान हाइब्रिड भनेर दर्ता भए पनि किसानले प्रयोग गरेको बीउबीच कुनै मेल नखाएको बताएका छन्।

९ जिल्लाको एक हजार पाँच सय ३३ हेक्टरमा धानको बोटमा बाला नलाग्दा १५ करोड ५७ लाख मूल्यको पाँच हजार आठ सय २५ टन धानबाली क्षति भएको छ।

अध्ययन समितिले चितवनबाट चार र तनहुँबाट दुई गरी ६ वटा धानको नमुना संकलन गरेको थियो। संकलित नमुनाको डीएनए फिंगर प्रिन्ट प्रविधिबाट जटिल परीक्षण गरिएको थियो।

अध्ययन समितिका सदस्य सुुुुशीलराज सुवेदीका अनुसार डीएनए फिंगर प्रिन्ट प्रविधिमार्फत अध्ययन गर्दा तनहुँको व्यास नगरपालिकामा गरिमा भनेर लगाइएको धानमा बाला लागेको र केही स्थानमा नलागेको पाइएको छ।

‘तनहुँमा बाला लागेको किसानले पहिलेदेखि नै भण्डारण गरी राखेको गरिमाको सक्कली बिउ भएको फेला परेको छ’, सुवेदीले भने, ‘तर तनहुँकै केही किसानको खेतमा बाला नलागेको बीउको परीक्षण गर्दा उक्त बिउ गरिमा जातको नभएको र गुणस्तरहीन बिउ भएको हाम्रो अध्ययनका क्रममा फेला परेको छ।’

सुवेदीका अनुसार अध्ययनका क्रममा तनहुँका केही किसानले दुई–तीन वर्षअघिदेखि गरिमा जातको सक्कली बिउ राखेर यस वर्ष प्रयोग गरेका कारण बोटमा बाला लागेको थियो।

तर, गत चैतदेखि जेठसम्म चितवन, नवलपरासी, बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, तनहुँ ९केही किसानबाहेक० र लमजुङ जिल्लामा गरिमा नाममा बिक्रीवितरण भएको बिउ सक्कली गरिमा नभएको पुष्टि भएको छ।

‘गरिमा एफ वान हाइब्रिड भनेर सरकारले सूचीकृत गरे पनि पीडित किसानको खेतमा गरिमा नामबाट गुणस्तरहीन अर्कै उन्नत जातको बिउ प्रयोग भएको छ। पीडित किसानको खेतमा गरिमा एफ वान हाइब्रिडको बिउ प्रयोग भएकै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .