छापा खबर


५० वर्षीय सलमानका यी हुन् १० प्रेमिका

५० वर्षीय सलमानका यी हुन् १० प्रेमिका

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार १:३९,

बलिउड अभिनेता सलमान खान ५० वर्षका भए।

उमेर बढ्दै गए पनि उनी जल्दाबल्दा अभिनेतामा गनिन्छन्।

सलमानसँग विवाह गर्न अहिले उनीभन्दा आधा उमेरका युवती पनि तयार छन्।

अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ।

तर, उनले कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन्।

संगीता बिजलानीबाट सुरु भएको सलमानको सम्बन्ध युलियासम्म जारी छ। सम्बन्ध जोडिने र छुट्टिने क्रम जारी नै छ।

बिजलानीलाई सलमानकी पहिलो प्रेमिका भनिन्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

त्यसपछि सलमानकी प्रेमिका बनेर सोमी अली आइन्। त्यसपछि क्रमशः ऐश्वर्या, कैटरिना केफ, रोमानियाकी युलिया वन्तुर, क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिना खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ।

तर, धेरैजसो प्रेमिकाले सलमानसँग विवाह गर्न चाहे पनि उनले चाहेनन्। अहिले पनि उनी अविवाहित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad