छापा खबर


संयुक्त राष्ट्रसंघ हालसम्मकै चरम आर्थिक संकटमा

संयुक्त राष्ट्रसंघ हालसम्मकै चरम आर्थिक संकटमा

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार २:७,

संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ।

राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ।

महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन्। राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो।

सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन्। अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन्। ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १।३ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ। त्यसमध्ये अमेरिकाले १ अर्ब डलर तिर्नुपर्ने रोयर्टसले जनाएको छ। यसबाहेक अमेरिकाले निर्दिष्ट कार्यक्रम खर्च पनि ठूलै उपलब्ध गराउँदै आएको छ। अमेरिका, जापान, चीन, युरोपेली मुलुकले यस्ता खर्च बढी उपलब्ध गराउँदै आएका छन्।

राष्ट्रसंघमा बजेट अभाव परिरहने भए पनि यस्तो संकट पहिलोपटक खेप्नुपरेको अधिकारीहरूले बताए।

‘हामी आर्थिक अभावले गम्भीर मोडमा छौं,’ एक आवासीय प्रतिनिधिले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘महासचिवले नै राष्ट्रसंघ संकटमा परेको विषय पटकपटक बाहिर ल्याउनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad