संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६’(सरकारी वकिलको कार्यालयले राखेको कोड नाम) माथि बलात्कार प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत (काठमाडौं)मा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं)ले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता भएको हो। यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।
सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले प्रहरीको प्रतिवेदन गहन अध्ययनपछि बलात्कार प्रयास (जबर्जस्ती करणी उद्योग)को आरोपमा मुद्दा दर्ता गरिएको बताए। ‘कानुनी प्रावधानअनुसार हिसाब गर्दा अधिकतम साढे ७ वर्ष कैद मागदाबी गरेका छौं,’ उनले भने।

प्रतिक्रिया