छापा खबर


प्रधानमन्त्रीको स्वास्थ्य : सिंगापुरमा उपचार हुँदा पनि सूचना लुकाइएको थियो

प्रधानमन्त्रीको स्वास्थ्य : सिंगापुरमा उपचार हुँदा पनि सूचना लुकाइएको थियो

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ०:४१,

प्रधानमन्त्री केपी ओलीले गत साउन र भदौमा सिंगापुरस्थित नेसलन युनिभर्सिटी अस्पतालमा उपचार गराउँदा पनि सूचना लुकाएको पाइएको छ।

पहिलोपटक १८ साउनमा सिंगापुर गएका ओली उपचार गराएर १० दिनपछि फर्किएका थिए। त्यतिखेरै चिकित्सकहरूले थप दुई साता उपचार बस्न ओलीलाई सुझाएका थिए।

तर उनी चाँडै फलोअपमा आउने भनेर फर्किएका थिए। विमानस्थलमा प्रधानमन्त्री केही बोलेनन्। उनको सल्लाहकार मौन बस्यो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

प्रधानमन्त्री ५ भदौमा दोस्रोपटक सिंगापुर जानुभन्दा एक साताअघिसम्म पनि मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र नियमित काममा सक्रिय रहेको सूचना सामाजिक सञ्जालबाट सम्प्रेषण गरिरहेका थिए। जब कि, दोस्रोपटक सिंगापुर जाँदा ‘प्लाज्मा फेरेसिस’ गर्ने तय थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad