छापा खबर


अखिल नेताले यसरी गरे देउसी खेल्न बोलाएर बलात्कार

अखिल नेताले यसरी गरे देउसी खेल्न बोलाएर बलात्कार

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ०:५२,

भाइटीकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिइन्। अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने इन्द्रहाङ राईलाई यो थाहा नहुने कुरै भएन।

इन्द्रहाङ विद्यार्थी नेता पनि हुन्। कसैका समस्यामा उनी सहयोग गर्न अघि सर्थे। अझ राईसँग ‘बहिनीले दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन्। दिउँसो उनलाई राईले फोन गरे।

‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने। उनी जोरपाटीस्म्म गाडी चढेर गइन्। राई उनलाई लिन त्यहीं पुगे। मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन्।

त्यस दिन राईका आफन्त अन्तै गएका थिए। राईले पहिले नै बियर र केही खानेकुरा ल्याएर राखिसकेका रहेछन्। राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे। माहोल ठीकठाक थियो, ठूलो कुरा त विश्वास नै थियो। तर जब राई उनीमाथि जाइलाग्न थाले, विश्वासको पहाड ढल्यो।

‘सुरुमा उसले हग गरौं भन्यो, मैले मानिनँ, त्यसपछि जबर्जस्ती गर्यो,’ उनी सम्झिन्छिन्।

प्रतिकार गरे पनि उनी उम्किन सकिनन्। ‘मैले मान्दे नमानेपछि गालामा दुई झापड हान्यो, सबैलाई भनिदिन्छु भनें तर तेरो बेइज्जत गरिदिन्छु भनेर धम्क्यायो,’ उनले सुनाइन्।

बुधबार कान्तिपुरसँगको भेटमा उनले त्यो दिन सम्झिइन्, ‘उसले दुई पटकसम्म मेरो मुखमा लिंग छिराइदियो।’ यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखकी छन्।

०००

घटनास्थलमा प्रहरीभन्दा अगाडि नै राई पुगेका थिए। उनले आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै ढोका खोल्न पनि लगाएका थिए, त्यही बेला ठ्याक्कै प्रहरी पुग्यो। राई पक्राउ परे। राई नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आर आर क्याम्पसका स्ववियु सहसचिव हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad