संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ।
यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्नेछ। महरा पक्राउ परेको बिहीबार २५ दिन हुन्छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
गत १९ असोजमा प्रहरीले बालुवाटारस्थित निवासबाटै महरालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया