छापा खबर


यी हुन् बीआरआईबाट नेपालले लिन सक्ने लाभ

यी हुन् बीआरआईबाट नेपालले लिन सक्ने लाभ

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ३:४६,

बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई)बाट के लाभ लिन सकिन्छ भन्ने विषयमा नेपालमा पर्याप्त बहस भएको छैन।

नेपालमा बीआरआईलाई चीनसँग मुख्यगरी सडक र रेलमार्गबाट जोडिने र व्यापार आदानप्रदान हुने भनी बुझ्ने गरिएको छ।

‘नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्ट्राटेजी चाइनिज एकेडेमी अफ सोसल साइन्स’ का प्राध्यापक वाङ युचुले नेपाल र चीनबीच ऐतिहासिक भौतिक, सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अब भौतिक रूपमा जोडिनु बीआरआईको उद्देश्य भएको बताए। यो खबर आजको कान्तिपुरमा गंगा बीसीले लेखेका छन्।

चिनियाँ राष्ट्रपति सीले दुई साताअघि नेपाल भ्रमण गर्ने क्रममा सडकले आसपासमा जोडेको उल्लेख गर्दै भविष्यमा रेल मार्गले जोडेर गतिशील सम्बन्ध विस्तार गर्ने संकेत गरेका थिए।

भ्रमणमा रहेका नेकपा स्कुल विभाग उपप्रमुख एवं स्थायी समिति सदस्य वेदुराम भुसालले बीआरआईबाट नेपालले लिन सक्ने लाभबारे जिज्ञासा राख्दा बीआरआई विज्ञ प्राध्यापक वाङको भनाइ थियो, ‘यसबाट नेपालमा नेपालमा चिनियाँ लगानीमा उद्योग खोल्नु, भौतिक पूर्वाधार निर्माण हुनु, सडकबाट जोडिनुका साथै जनता र जनताबीच सम्बन्ध हुनु राम्रो पक्ष हो। भौतिक पूर्वाधार, औद्योगिक लगानी, स्रोतको विकास, आर्थिक र व्यापार प्रवद्र्धन, वित्तीय सहकार्य, सांस्कृतिक आदानप्रदान, वातावरण संरक्षण र सामुद्रिक सहकार्य बीआरआई परियोजनाका प्राथमिकता हुन्। यी क्षेत्रबाट लाभ लिन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad