भनिन्छ- १२ वर्षपछि खोलो पनि फर्किन्छ। सोही उक्तिसँग मेल खाने गरी आफताव आलम १२ वर्ष पुरानो घटना पुनः जीवित हुँदै पक्राउ परे। तर प्रहरीका निम्ति यो यस्तो घटना हो, जुन उसकै लागि ट्रायल भन्न सकिन्छ।
कारण, यसमा सिन अफ क्राइमका दसीप्रमाण जोगिएका त छैनन् नै, प्रमाणहरू उल्टो भेला पारिएको थियो। विस्फोट स्थलमा रहेका सबैलाई इँटाभट्टामा हालेर खरानी पारिएको आशंका छ। जिउँदै मानिस पोलिएको खरानीसमेत अर्कै इँटाभट्टाको राखिएको अनुसन्धानबाट खुलेको छ।
यसले प्रहरीलाई प्रमाण जुटाउन चुनौती ठूलो छ। यो खबर आज कात्तिक १० गते आइतबार प्रकाशित नेपाल साप्ताहिकमा छापिएको छ।
‘यो घटना नेपाल प्रहरीको अपराध अनुसन्धान इतिहासमै ट्रायल हुनेछ,’ पूर्वप्रहरी निरीक्षक दीपेन्द्र अधिकारी भन्छन्, ‘किनभने एक त पुरानो घटना। त्यसमाथि प्रहरीले नै प्रमाण नष्ट गरेकाले त्यसबेलाका सुरक्षित दसी केही पनि छैन। यसलाई स्थापित गर्न सकिए हाम्रो प्रहरीको क्षमता विश्वकै लागि उदाहरणीय हुनेछ।’

प्रतिक्रिया