तिहारमा खेलिने देउसी भैलो फेरिँदै गएको छ।
साहित्यकार डा.बद्री शर्मा बिनाडीलाई अहिलेको देउसीभैलो मनपर्दैन। यो खबर आजको नागरिक दैनिकमा कैलालीबाट पुष्पराज जोशीले लेखेका छन्।
भैलो भट्याउनेसँग आशिषे ज्ञान नहुँदा र डिजेमा र्याप गित लगाएर नाच्ने संस्कृति विस्तार हुँदै जाँदा देउसी भैलोको रौनकतामा परिवर्तन आएको छ।
देउसी भैलोमा तोकेर पैसा माग्ने, मदिरा सेवन गरेर अश्लिल गीतमा नाच्नेजस्ता विकृति फैलिएको भन्दै उनले गुनासो गरे।
जेष्ठ नागरिक गणेशबहादुर मगरलाई अहिलेको भैलो खल्लो लाग्छ।
उनी तिहारमा मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य झलझली सम्झन्छन्।
‘उहिलेका भैलो रमाइला हुन्थे। तर, अहिले डिजे, साउन्ड बस्कमा देशी विदेशी गीतमा कानै फुट्लाझैँ बजाएर नाचेको पटक्कै मन पर्दैन,’ उनले भने।

प्रतिक्रिया