छापा खबर


महिनावारीपछि हाड मक्किने रोगबाट बच्न विशेषज्ञको सुझाव

महिनावारीपछि हाड मक्किने रोगबाट बच्न विशेषज्ञको सुझाव

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १:४७,

विशेषज्ञहरूले रजनोवृत्तिपछि अस्टियोपोरोसिस (हाड मक्किने रोग) को जोखिम बढ्ने भएकाले महिलाले खानपान र शारीरिक सक्रियतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

ग्रामीण इलाकाको दाँजोमा सहरियामा हाड मक्किने समस्या बढी देखिने गरेको समेत उनीहरूले जनाएका छन्।

‘महिनावारी सुकेको ५ देखि ७ वर्षमा महिलाको हाड हाडको घनत्वमा २० प्रतिशत कमी आउँछ,’ हाड रोग विशेषज्ञ डा. शैलज रञ्जितकार भन्छन्,‘पहिलो केही वर्षसम्म महिलामा औसत हाडको क्षति ३ प्रतित देखिन्छ भने त्यसपछि बर्सेनि १ प्रतिशतसम्म हुने गर्छ।’ यो खबर आजको कान्तिपुरमा छापिएको छ।

रजोनिवृत्तिले गर्दा महिलामा ‘एस्ट्रोजन’ हार्माेनको मात्रामा कमी आउँछ, जसले गर्दा हाड कमजोर हुन थाल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad