छापा खबर


पीडित युवतीको बयान : ‘गुरु’ टुल्कुले मलाई जस्तै धेरैलाई यौन दासी बनाएको थियो

पीडित युवतीको बयान : ‘गुरु’ टुल्कुले मलाई जस्तै धेरैलाई यौन दासी बनाएको थियो

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १:३०,

एक दिन ‘गुरु’ रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामाले अप्रत्याशित घोषणा गरे, उपचारका लागि उनी गुरुसँग बस्नुपर्ने भयो।

१५ वर्षअघिसम्म ट्रेकिङ व्यवसाय गरेका सिन्धुलीका ज्ञानबहादुर लामा एकाएक गुरु रिम्पोछेका ‘बाह्रौं अवतार’ हुँ भन्दै धन्दा चलाउँथे।

युवती सरस्वतीनगरको त्यो घरबाट गुरुले फर्पिङमा बनाएको पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बामा सर्ने भइन्। जुन गुम्बा टुल्कुले भक्तजनलाई त्रासमा पारेर लिएका दान, भेटी र चन्दाको रकमबाट बनाएका थिए।

२०६६ कै कुनै महिना जबत उनी गुम्बामा पुगिन्, जिन्दगीको ‘कालरात्रि’ सुरु भयो र निरन्तर ९ वर्षसम्म चल्यो। युवीतीका अनुसार गुरुले उनीबाट धेरै चाहने ‘यौन’ नै थियो।

जब उसले चाहन्थ्यो, उही अँध्यारो कोठाभित्र छिराउँथ्यो, अन्धाधुन्ध के के गर्थ्याे। ‘म सम्झिनै चाहन्नँ,’ उनी भन्छिन्। यो खबर आजको कान्तिपुमा बिनु सुवेदीले विस्तृत रूपमा लेखेकी छन्।

गुम्बाको यातनाबाट बाहिर निस्किएको झन्डै २ वर्ष भइसक्दा पनि उनले शोषणमा परेका तीन वर्षहरू बिर्सिन सकेकी छैनन्। त्यसैले लामो समय टोलाउँछिन्, टोलाउँदा टोलाउँदै एक्कासि सपनाबाट ब्युँझेझैं झसंग हुन्छिन्।

‘मजस्ता उसका धेरै अर्धाङ्गिनी थिए,उसले मलाई जस्तै अरूलाई पनि भन्थ्यो,’ उनले सुनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad