ad ad

छापा खबर


सामूहिक बलात्कारमा परेकी पूजालाई ८ वर्षपछि न्याय

सामूहिक बलात्कारमा परेकी पूजालाई ८ वर्षपछि न्याय

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ०:३७,

आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि सर्वाेच्च अदालतबाट न्याय पाएकी छन्।

सर्वाेच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो। 

सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले बिहीबार सुनुवाइ गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको हो।यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

फौजदारी नयाँ संहिता आएसँगै दोषी ठहर भएका दुवै जनालाई नयाँ कार्यविधि र पुरानो कानुनअनुसार दण्डसजाय निर्धारण गर्नेछ।

अदालतले ३० दिनभित्र दोषी ठहर भएकालाई अर्काे पेसी तोकेर सजाय निर्धारण गर्नेछ।

२०६८ चैतमा एसएलसी परीक्षाका लागि गणितको गेसपेपर किन्न पाटन बजारमा पुगेकी पूजालाई सामूहिक बलात्कार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .