नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ।
आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सक्किगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको भूमिका टेलिसिरियल ‘भद्रगोल’ को पात्र भएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका खबर आजको नागरिक दैनिकले छापेको छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मिडिया हबले कपिराइटको उजुरी प्रहरीमा दिएको हो।
उजुरीपछि छलफलका लागि दुबै पक्षलाई शुक्रबार बोलाइएको उनले बताए।
भद्रगोल मिडिया हबको कार्यक्रम भएकाले आफ्नो अनुमति नलिइकन अर्को सिरियल बनाउन नपाइने धितालको भनाई छ।
तर, सक्किगो नि सिरियलका कलाकार कुमार कट्टेल ‘जिग्री’ भने पात्र र कलाकारको कपिराइट उत्पादक कम्पनीसँग नहुने बताउँछन्।
उनले मिडिया हबले आफूहरुको शोषण गरेको दाबी गरेका छन्।
Shares

प्रतिक्रिया